Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा


१७, कात्तिक २०८०
  • 354
    SHARES
  • दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ ।

    नेपालसहित विभिन्न १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रहरुलाई नगरपालिकाले काठमाडौँस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ १० गतेदेखि १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो । 

    गत असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल बजारमा पहिलो चरणअन्तर्गत आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई चित्रकारले लाइभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

    नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारले दिक्तेल बजारको विभिन्न चोक तथा किराँत ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउन्डेसन र जालपामा पुगेर एक सय नौ तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ वटा क्यान्भास चित्र उतारेका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

    जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उतारिएका क्यानभास चित्र प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथ्यता लागि राष्ट्रपति पौडेललाई औपचारिकरुपमा पत्रसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

    “हामीले गरेको निम्तोलाई राष्ट्रपतिज्यूले सहर्ष स्वीकार गर्नुभएको छ । राष्ट्रपतिज्यूकै सल्लाह अनुसार आगामी माघ १० गतेदेखि प्रदर्शनी गर्ने योजना बनाएका छौँ । राष्ट्रपतिज्यूको अनूकुलमा कार्यक्रम तय हुन्छ”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रियस्तरको चित्रकला कार्यशाला भव्यतापूर्वक सम्पन्न गरेकामा राष्ट्रपतिज्यूले नगरपालिकालाई बधाईसमेत दिनुभयो ।

    कला, साहित्य र सङ्गीतले विश्वजगत्लाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नोतर्फबाट सहयोग गर्ने वचनसमेत दिनुभएको छ ।” 

    राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईको नेतृत्वमा शीतल निवास जानुभएका प्राज्ञ धनबहादुर याख्खा र विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले भेटवार्ता गर्नुभएको थियो । क्यानभास चित्र प्रदर्शनी कार्यक्रममा खोटाङका किराँत राई, तामाङ, नेवार र क्षेत्री÷ब्राह्मणको सांस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मानलगायत कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । 

    जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको रू १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

    “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चित्रकारले प्रत्यक्षरुपमा कोरेका चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि यसबाट प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

    जिल्लामै पहिलोपटक आयोजना गरिएको चित्रकला कार्यशाला कार्यक्रमको हजारौँले अवलोकन गरेका उपप्रमुख राईले बताउनुभयो । कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका उहाँको भनाइ थियो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट फोटो स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासलगायतको खर्च शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको छ । 

    फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागिसमेत उपयुक्त हुने ‘होमस्टे’ घरबाससहितको ‘गेष्ट हाउस’ पाहुना घरसमेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटल नभइरहेकाले विद्यार्थीले गेष्ट हाउस सञ्चालन गरेको बताएका छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend