Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी  मेला


६, मंसिर २०८०
  • 213
    SHARES
  • धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी  मेला

    गोरखा । धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ ।

    स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँझदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष  बाबु गुरुङले जानकारी दिनुभयो । स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

    मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायत अन्य स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहने जनाइएको छ ।

    सोही अवसरमा भगवती मन्दिरमा विशेष पूजा गरी मेला समापन हुने बताइएको छ । उक्त मन्दिरमा हरेक वर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ । प्रसिद्व मनकामना देवीको सात दिदीबहिनीमध्ये त्रिवेणी भगवती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ । त्रिवेणी भगवतीलाई जल अर्पण गरेपछि मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक विश्वास रहेको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend