Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘पूजार सार्की’फिल्म निर्माण गदैँ निर्देशक राउत


८, मंसिर २०८०
  • 268
    SHARES
  • ‘पूजार सार्की’फिल्म निर्माण गदैँ निर्देशक राउत

    काठमाडौँ । फिल्म ‘पूजार सार्की’ निर्माण हुने भएको छ । निर्देशक दिनेश राउतले आफ्नो ७ औँ प्रोजेक्टको रूपमा यो फिल्म घोषणा गरेका हुन् । सामाजिक कथामा निर्माण हुन लागेको फिल्मका निर्माता सुभाष भुसाल हुन् । फिल्मको डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।

    विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुन लागेको हो । माघको पहिलो साताबाट छायाङ्कनमा जाने फिल्म पोखर र बेनीमा छायाङ्कन हुनेछ । आरआर फिल्मको वितरण रहने फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।

    फिल्मको कथाअनुसार कलाकार छनौट भइरहेको निर्देशन दिनेश राउतले बताए । ‘हामीले कथा अनुसार चरित्रमा न्याय गर्ने कलाकार छनौटमा छौ । त्यसैले नयाँ पुराना जो पनि हुनसक्छ’ राउतले थपे ।

    सानोमा आफ्नो बुबाबाट सुनेको कथा अहिले सबैलाई भन्नुपर्छ भन्ने लागेर फिल्मको रूप दिएको लेखक सुवेदीले बताए । सुवेदी भन्छन्, ‘फिल्मको कथा एकदमै राम्रो छ । मलाई लाग्छ यस्तो कथामा अहिलेसम्म फिल्म बनेकै छैन ।’ निर्देशक राउतले यस अगाडि फिल्म ‘प्रकाश’ बनाएका थिए । समीक्षक तथा दर्शक दुवैले रुचाएको ‘प्रकाश’ले विभिन्न अवार्ड समेत प्राप्त गरेको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend