Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा महोत्सवमा लाहुरे सहितका कलाकार प्रमुख आकर्षण


१५, मंसिर २०८०
  • 170
    SHARES
  • तिलोत्तमा महोत्सवमा लाहुरे सहितका कलाकार प्रमुख आकर्षण

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा मणिग्राममा रहेको मेलास्थलमा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०८० मा जनसहभागिता बढिरहेको छ ।

    मंसिर १ गतेबाट सञ्चालित मेलामा दर्शकको माग अनुसार १७ गते सम्मको लागि मेला अवधि लम्बाईएको छ ।

    शुक्रबार चर्चित रक पप गाएक आशिस राना लाहुरे तथा ब्याड कम्पनिको विशेष प्रदर्शन रहेने मेला सचिवालले जनाएको छ।

    महोत्सवमा लाहुरेको साथमा गायीका एन्जीला रेग्मी, रुपा जिएम, गायक योगराज पोख्रेल, गायिका रितु शाही, गायक गणेश अधिकारी, गायीका कुशुम परियार, अनिशा ढकाल, गायक पदम सुनार लगायतका कलाकारहरुको प्रस्तुति रहने सास्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराए ।

    “सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा कृषिलाई विशेष प्राथमिकता राखेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भन्डारी (माधव)ले बताए ।

    प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका स्टलहरू रहेका छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend