Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विनोद पौडेलको ‘भूठान’को पोस्टर सार्वजनिक, हरिवंशसँगै दयाहाङ पनि शीर्ष भूमिकामा


१७, मंसिर २०८०
  • 151
    SHARES
  • विनोद पौडेलको ‘भूठान’को पोस्टर सार्वजनिक, हरिवंशसँगै दयाहाङ पनि शीर्ष भूमिकामा

    काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले आगामी फिल्मको नाम र टिजर पोस्टर सार्वजनिक गरेका छन् । अनलाइनखबरले गत साता नै यो फिल्मको शीर्ष भूमिकामा हरिवंश आचार्य हुने उल्लेख गरेको थियो ।

    नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नामकरण गरिएको फिल्ममा दयाहाङ राई र जोयश पाण्डे पनि जोडिएका छन् । अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र कौशिला खनाल पनि कलाकारको रुपमा अनुबन्धित छन् ।

    यो फिल्मको स्क्रिप्ट दक्षिण कोरियाको फिल्म फेस्टिभल बुसानमा पिचिङ गरिएको थियो । निर्माताद्वारा प्रेषित विज्ञप्तिमा भुटान, भारत, नेपाल हुँदै अमेरिका लगायतका मुलुकमा बसोबास गरिरहेका भुटानीको संघर्ष र यात्राको कथावस्तुमा फिल्म बन्न लागेको जनाइएको छ ।

    ‘समग्रमा मानवीय कोणबाट आप्रवासीलाई हेर्ने दृष्टिकोणको कथा हो यो,’ निर्देशक पौडेलले भने, ‘नाति, हजुरबा, छोराको कथावस्तुमार्फत हामीले पुस्तान्तरको कथा भन्न खोजेका छौं । मध्यमवर्गमा रहेको आधुनिक र सांस्कृतिक विश्वको द्वन्द्व यसले पेश गर्छ ।’

    यसअघि यो फिल्ममा भारतीय अभिनेताहरु नसिरुद्दिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्ध साउण्ड डिजाइनर विश्वदीप चटर्जी, संगीतकार एआर रहमानका साथै चीन, अमेरिका र बेलायतबाट समेत कलाकारहरु जोडिने पक्का भएको थियो । तर अब उनीहरु विविध कारणले फिल्ममा आवद्ध नहुने भएका छन् ।

    उनीहरुसँग कानुनी रुपमै सम्झौता भएर पारिश्रमिक समेत दिइएको जनाइएको छ । अभिनेता खेरले ‘द फिल्म इज लाइक अ क्लासिकल हलिउड’ भनेका थिए ।

    निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा छन् । फिल्मको छायाकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुने जनाइएको छ । सन् २०२४ को अन्त्यसम्म सुटिङ सकेर सन् २०२५ मा प्रदर्शन गर्ने निर्माताको तयारी छ ।

    फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।

    यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् । फिल्मलाई अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ गर्ने योजना छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend