Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोमा माफी माग्दै गायक सुशान्त केसीले हटाए गीत


१८, मंसिर २०८०
  • 189
    SHARES
  • अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोमा माफी माग्दै गायक सुशान्त केसीले हटाए गीत

    काठमाडौं । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् ।

    उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । उक्त गीतमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाल प्रहरीको पोशाकमा देख्न सकिन्छ ।

    गीतको कथाअनुसार हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा देखिएकी उपासनालाई जिस्काएको देखिन्छ । सुशान्तले यो भिडियोप्रति माफी माग्दै प्रहरीको पोशाक प्रयोग गरिएका केही दृश्यको पुनः छायांकन गरिने बताएका छन् ।

    सुशान्त भन्छन्, ‘तपाईंहरु सबैलाई थाहा छ, हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यको लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौं टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’

    तर यो भिडियो हटाउन प्रहरी वा अन्य कुनै निकायले दबाब दियो कि दिएन भन्नेबारे उनले खुलाएका छैनन् । भदौमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियको एक दृश्य पनि विवादित बनेको थियो । त्यसबेला प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कुनै पनि भिडियोमा नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपमा अनुमति लिन भनेको थियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend