Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन रुम्जाटारमा सुरु


२१, मंसिर २०८०
  • 151
    SHARES
  • फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन रुम्जाटारमा सुरु

    काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले बिहीवारदेखि ओखलढुंगाको रुम्जाटारमा आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन थालेका छन् । चिसो मौसममा खिच्नुपर्ने भएकाले निर्माताले एक महिना जति छायांकन रोकेका थिए ।

    गीत छायांकनसँगै ‘डिग्री माइला’ले पुनः गति लिएको हो । दयाहाङ राई र आँचल शर्माले बिहीवारदेखि नै सेट ज्वाइन गरेका छन् । सेटबाट अनलाइनखबरलाई ताजा तस्वीर प्राप्त भएका छन् जहाँ दयाहाङ बालबालिकासँग रमाइलो गरिरहेको देख्न सकिन्छ ।

    आउने सातादेखि कथा छायांकन गर्ने सेड्युल छ । मंसिर अन्त्यसम्म स्वास्थ्य लाभ गरिरहेका अभिनेता प्रकाश घिमिरे पनि सेटमा फर्कने तयारीमा छन् । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

    वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

    आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

    बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो । यो ब्यानरबाट रिलिज हुन लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति शुक्रबार घोषणा हुनेछ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend