Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जालमा हावी ‘एनिमल’ की तृप्ति डिमरी, बनिन् ‘नेशनल क्रस’


२३, मंसिर २०८०
  • 212
    SHARES
  • सामाजिक सञ्जालमा हावी ‘एनिमल’ की तृप्ति डिमरी, बनिन् ‘नेशनल क्रस’

    मुम्बई । चलचित्र ‘एनिमल’ मा जोयाको भूमिका निर्वाह गरेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला चर्चामा छिन् । एनिमलमा काम गरेपछि तृप्तिको फ्यान फलोइङ निकै बढेको छ । 

    फिल्म रिलिज हुनुअघि इन्स्टाग्राममा उनका ७ लाख ११ हजार फलोअर्स थिए । जहाँ फिल्म रिलिज भएको सात दिनमै उनका फलोअर्सको सङ्ख्या २९ लाख पुगेको छ । यसबाहेक सामाजिक सञ्जालमा तृप्तिलाई ‘नेशनल क्रस’को नाम दिइएको छ ।

    रणवीर र तृप्तिबिचको एउटा दृश्यको निकै चर्चा भइरहेको छ जसमा रणवीरले अभिनेत्रीलाई ‘मेरो जुत्ता चाट’ भनेका छन् । यो दृश्यको चर्को आलोचना पनि भइरहेको छ ।

    फिल्म एनिमलमा तृप्तिले सानो भूमिका निभाएकी छिन् । यसका बाबजुद पनि उनले यसबाट निकै चर्चा कमाएकी छन् । एनिमलमा अभिनेत्री र रणवीरबिच केही अन्तरङ्ग दृश्य देखाइएको छ । 

    तृप्तिले कमेडी फिल्म पोस्टर ब्वाईजु (२०१७) बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र रोमान्टिक ड्रामा  लैला मजनुु (२०१८) मा उनको पहिलो मुख्य भूमिका थियो। तृप्तिले अन्विता दत्तको बुलबुल (२०२०) र काला (२०२२) मा उनको अभिनयको लागि प्रशंसा पाएकी थिइन्। 

    अहिले उनले एक्सन फिल्म एनिमलमा सहायक भूमिका खेलेर दर्शकको ध्यान खिचेकी छन् । यस फिल्ममा रणवीरका अलावा रश्मिका मन्दना, बबी देओल र अनिल कपूर पनि मुख्य भूमिकामा छन् । उनले विक्की कौशलसँग आगामी प्रोजेक्टहरूमा काम गरिरहेकी छिन्।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend