काठमाडौँ । राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म हो ‘ईश्वर’ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ । यस्तैमा फिल्मको मुख्य कलाकारको रूपमा शिशिर वाग्देल भित्रिएका छन् । निर्देशक गिरीले फिल्मको मुख्य कलाकारको रूपमा वाग्देललाई अनुबन्धित गरेका हुन् ।
दिव्या कंगना फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत र देव महर्जनको द्वन्द्व रहनेछ ।
माघको २८ गतेबाट फिल्म छायाङ्कनका लागि फ्लोरमा जाने निर्देशक गिरीले बताए । गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ माघको १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रदर्शनपछि मात्र उनी ‘ईश्वर’ छायाँकनमा निस्कन लागेका हुन् ।