Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दयाहाङ राईका ८ फिल्मको प्रदर्शन तय, ‘घरज्वाइँ’ असार २८ मा


६, पुस २०८०
  • 236
    SHARES
  • दयाहाङ राईका ८ फिल्मको प्रदर्शन तय, ‘घरज्वाइँ’ असार २८ मा

    काठमाडौं । दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् । यो समाचार लेखुञ्जेल उनका आठ फिल्मको प्रदर्शन मिति तय छ । उति नै संख्यामा फिल्म छायांकनमा जाँदैछन् । ‘अफर’ गरिएका फिल्मको सूची लामो हुन सक्छ ।

    एक समयमा राजेश हमालको व्यस्ततालाई बिर्साउने गरी दयाहाङ यतिबेला सर्वाधिक ‘डिमान्डेड’ छन् । तर उनको बक्स अफिस नतिजा मिश्रित छ । परिस्थिति यस्तो छ कि एउटै मितिमा उनका दुई फिल्म रिलिज हुँदैछन् ।

    शुक्रबार उनको नयाँ फिल्म ‘घरज्वाइँ’को प्रदर्शन मिति घोषणा भएको छ । माघको तेस्रो सातादेखि सुटिङ सुरु हुने यो फिल्मको प्रदर्शन असार २८ गतेलाई तय गरिएको छ ।

    यसबाहेक उनी अभिनित दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ माघ २६ मा रिलिज हुँदैछन् । उनका अन्य फिल्महरु ‘रंगेली’ फागुन २५, ‘डिग्री माइला’ वैशाख १, मनसरा वैशाख २१, ‘गाउँ आएको बाटो’ जेठ १८ र ‘वरिष्ठ बलराम’ तीजमा रिलिज हुँदैछन् ।

    छायांकन सम्पन्न भइसकेको ‘राजागञ्ज’को प्रदर्शन मिति तय हुन बाँकी छ । छायांकन हुन बाँकी उनका फिल्ममा भूठान, कार्साङ, रिमै, लोकल हिरो, दुःखी आत्मा, घरज्वाइँ, मनसरा र वरिष्ठ बलराम छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend