Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

'यो मन त मेरो नेपाली हो'को बाँकी छायाङ्कन अमेरिकामा हुने


१०, पुस २०८०
  • 207
    SHARES
  • 'यो मन त मेरो नेपाली हो'को बाँकी छायाङ्कन अमेरिकामा हुने

    काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायाङ्कन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को  निर्देशन रहेको चलचित्र नेपाल र भारत गरेर तीस दिन छायाङ्कन गरिएको छ । चलचित्रको बाँकी छायाङ्कन अमेरिकामा हुने निर्देशन मित्र प्रधानले बताए ।

    चलचित्रको नेपालका झापा र इलाम, भारतको सिक्किम ,दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल लगायतको ठाउँमा छायाङ्कन गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन , सुवास भण्डारी, विजय सुब्बा लगायतको मुख्य भूमिका रहनेछ।

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति, निर्देशक मित्रकै निर्माण रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दै छ ।

    चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषय बस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानको भनाई छ ।

    शिवं अधिकारीको लेखन, दीपक शर्माको सङ्गीत ,सौरभ लामाको छायाङ्कन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend