Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तृप्ती डिम्रीले ‘आशिकी ३’मा कार्तिक आर्यनसँग रोमान्स गर्ने


११, पुस २०८०
  • 203
    SHARES
  • तृप्ती डिम्रीले ‘आशिकी ३’मा कार्तिक आर्यनसँग रोमान्स गर्ने

    काठमाडौं । यसवर्षको सुरुमा भूषण कुमार, अनुराग बसु र कार्तिक आर्यनले ‘आशिकी’ फिल्मको तेस्रो श्रृंखलाको लागि सहकार्य गर्ने घोषणा गरेका थिए । तीनैजनाले फिल्मको घोषणा गर्दै बलिउडमा कौतुहलता सिर्जना गरे । 

    भूषण कुमार र अनुराग बसु दुवैले संगीतमय प्रेमकथामा बन्ने यो फिल्मलाई पुनः दर्शकमाझ ल्याउन एक अद्वितीय सङ्गीत स्कोर सिर्जना गर्न लागिरहेको जनाएका छन् ।

    यो फिल्मबारे अब नयाँ खबर छ । फिल्ममा कार्तिक आर्यनको अपोजिटमा ‘एनिमल’ फेम्ड अभिनेत्री तृप्ती डिम्रीले रोमान्स गर्ने पक्का भएको छ । निर्माताले आर्यनको अपोजिटमा डिम्रीलाई कास्ट गरिएको जनाएका छन् । ‘एनिमल’ रिलिजपछि तृप्तीलाई भारतमा ‘नेसनल क्रस’को रुपमा चिनाइएको छ ।

    ‘एनिमल’को ऐतिहासिक सफलतापछि तृप्ती यतिबेला चर्चाको विषय बनेकी छन् । अब ठूलो पर्दामा पनि उनले कार्तिक आर्यनसँग रोमान्स गरेर चर्चा बटुल्ने पक्का छ ।

    अनुराग बसुले निर्देशित गर्ने यो फिल्म सन् २०२४ को पहिलो चौमासिकदेखि छायांकनमा जाने बताइएको छ । चाखलाग्दो कुरा के छ भने, ‘भुल भुलैया’पछि कार्तिक आर्यनको लागि यो दोस्रो फ्रेन्चाइजी फिल्म हुनेछ र अभिनेता पनि ‘आशिकी’मा रोमान्सको गहन संसार अन्वेषण गर्न उत्साहित छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend