Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने


१४, पुस २०८०
  • 217
    SHARES
  • सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने

    काठमाडौं । सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् ।

    फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए । फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

    सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ । राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए ।

    अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मन परेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ । ‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend