Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आगामी दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने दीपकको संकेत,


१६, पुस २०८०
  • 209
    SHARES
  • आगामी  दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने दीपकको संकेत,

    काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा ‘छक्कापञ्जा’को पाँचौं श्रृंखला ल्याउने संकेत गरेका छन् । उनले आफूहरु मानसिक रुपमै पाँचौं सिक्वेल ल्याउने बाटोमा अघि बढेको बताए ।

    उनले भने, ‘चाडबाडमा ठूला फिल्म आउनुपर्छ भन्ने लाग्छ । धेरै साथीभाइको सुझाव पनि छ । अहिले काम भइरहेको स्क्रिप्टलाई पाँचौं सिक्वेल बनाउँदा मिल्ने पनि देखिन्छ ।’

    आइतबार बिहान उनले फेसबुकमा सेयर गरेको एक तस्वीरले पनि आगामी दशैंमा छक्कापञ्जाको पाँचौं सिक्वेल आउने संकेत दिन्छ । यो तस्वीरको समय, सन्दर्भ र अर्थबारे उनले भनेका थिए– हामी मानसिक रुपमै त्यता गइसक्यौं ।’

    हुन त यो दुबईमा खिचिएको फोटो हो । जसले उनले छक्कापञ्जा श्रृंखला निर्वाह गर्ने राजाको चरित्रको झल्को दिन्छ । उनको तस्वीरमा उपलब्ध कमेन्टको आशय पनि अब छक्कापञ्जा आउनुपर्छ भन्ने छ ।

    एउटा स्पष्ट कुरा के हो भने आगामी दशैंमा आमा सरस्वती मुभिजको एउटा फिल्म पक्का आउनेछ । चाहे त्यो– वडा नम्बर ६ को सिक्वेल होस् या छक्कापञ्जाको । गिरीको अभिव्यक्ति र तस्वीरको टाइम एण्ड स्पेस हेर्दा पनि छक्कापञ्जाको पाँचौं सिक्वेल आउने सम्भावना बलियो छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend