Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज


२१, पुस २०८०
  • 207
    SHARES
  • स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज

    काठमाडौं । समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् ।

    अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ । कोरोनाकालमा छायांकन भएको फिल्मले विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने संघर्षको कथा पेश गर्छ ।

    विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियो पसलकी संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसरमा फिल्म रिलिज गरिएको हो ।

    यो फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । डीएस डिजिटलले फिल्म निर्माण गरेको हो । २०१७ देखि सञ्चालनमा रहेको यो नेपाली ओटीटी प्लाटफर्ममा ‘छक्कापञ्जा ४’ र ’झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भइसकेका छन् ।

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend