Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘मिसेस नेपाल वल्ड–२०२३’का विजेतालाई पुरस्कार प्रदान


२३, पुस २०८०
  • 223
    SHARES
  • ‘मिसेस नेपाल वल्ड–२०२३’का विजेतालाई पुरस्कार प्रदान

    काठमाडौंँ । ‘मिसेस नेपाल वल्र्ड–२०२३’ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रम गर्दै विजेता पृथ्विया थापालाई इलेक्ट्रिक स्कुटर तथा गिफ्ट ह्याम्पर प्रदान गरेको हो ।

    स्कुटर अटो नेपाल पत्रिकाका निर्देशक रोशनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रतियोगीताका फष्ट रनर्सअप आइना गजुरेल, सेकेण्ड रनर्सअप नीशा बिष्ट र थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणा पनि पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरियो ।

    कोरियोग्राफर अश्विनीकान्त झा, मिसेस नेपाल इन्टरनेशनल सिर्जना केसी, रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, व्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछाने लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    ‘मिसेस नेपाल वल्र्ड २०२३’ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड’, मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुबेदीले सिंगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend