Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘११ः५५’ को छायाङ्कन ३० दिनमा सकियो


२५, पुस २०८०
  • 214
    SHARES
  • फिल्म ‘११ः५५’ को छायाङ्कन ३० दिनमा सकियो

    काठमाडौँ । केशव पाण्डे निर्देशित फिल्म ‘११ः५५’ को छायाङ्कन सकिएको छ । मङ्गलवारबाट फिल्मको छायाङ्कन सकिएको हो । ३५ दिनको सेड्युलसहित सुरु भएको फिल्म ३० दिनको नियमित छायाङ्कनमा सकिएको फिल्मका प्रोडक्सन डिजाइनर सुवास काफ्लेले बताउनुभयो ।

    गत मङ्सिर २४ गतेबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्म काठमाडौँ उपत्यका भित्र नै छायाङ्कन भएको छ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायत कलाकारको फिल्ममा अभिनय छ । 

    क्राइम, थ्रिलर विधामा निर्माण भएको फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पारेका हुन् । विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् । 

    प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् । फिल्म ‘११ः५५’ मा ६ व्यक्तिको कथा समेटिएको छ ।  

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend