Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आजबाट ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ सिनेमा घरमा रिलिज हुँदै


२७, पुस २०८०
  • 210
    SHARES
  • आजबाट ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ सिनेमा घरमा रिलिज हुँदै

    काठमाडौँ । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ देशभरका सिनेमा घरमा रिलिज हुँदै छन् ।

    बाबु छोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खी बसेँ तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो ।

    घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रूपमा राम्रा फिल्म निर्देशन गरेका थिए । घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रूपमा बाबु छोरीको कथालाई प्रस्तुत गरेको छ ।

    ‘बाबु छोरीको कथासँगै अन्य कथाहरू पनि जोडिँदै जान्छन् । फिल्मले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन् ।

    फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ ।

    फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो ।

    त्यस्तै निर्देशक दीपकको ‘पर्खी बसेँ तिमीलाई’ २७ औं निर्देशकीय फिल्म हो । फिल्म ‘पर्खी बसेँ’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा डेब्यु गराएका दीपकले ‘पर्खी बसेँ तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीजस्ता नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याउँदै छन् ।

    मेरो तीन दशकको फिल्म करियरमा दर्शकलाई प्रेमकथाका फिल्म दिएको छु । पर्खी बसेँ तिमीलाई पनि त्यसैको निरन्तरता हो,’ दीपक भन्छन् ।

    रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend