Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

माघमा फिल्मको खडेरी,दयाहाङका एकै दिन दुई फिल्म रिलिज हुदैँ


३, माघ २०८०
  • 249
    SHARES
  • माघमा फिल्मको खडेरी,दयाहाङका एकै दिन दुई फिल्म रिलिज हुदैँ

    काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म निर्माणमा तीव्रता छाएको छ । अहिले करिब आधा दर्जन फिल्म फ्लोरमा छन्, भने दर्जन हाराहारीका निर्माण घोषणा गरेर छायाङ्कनको तयारी छन् ।

    निर्माणमा छाएको तीव्र गतिले प्रदर्शनमा पनि असर पार्नुपर्ने हो । तर सरसर्ती हेर्दा गत कार्त्तिकदेखि राम्रोसँग फिल्म रिलिज हुन सकेका छैनन् । कार्तिकमा ‘पशुपति प्रसाद २’ र ‘दिमाग खराब’ गरेर दुई फिल्म रिलिज हुँदा मङ्सिरमा पनि दुई फिल्म ‘जम्प’ र ‘दुई कदम’ रिलिज भएका छन् । त्यस्तै पुसमा पनि 

    केही महिनादेखि रिलिजका हिसाबले राम्रो बन्न नसकेको गति माघमा भने सुध्रिने अपेक्षा गरिएको थियो । केही अगाडिसम्म माघमा ४ फिल्म अर्थात ‘नम्बरी सुन’, ‘हात्तीछापा’, ‘दयारानी’ र ‘हनी¬ बनी’ रिलिज हुने तयारीमा थियो । अहिलेसम्म भने ‘हात्तीछापा’, ‘दयारानी’ रिलिज हुने निश्चित भएको छ । ‘हनी बनी’ सरेको छ भने  ‘नम्बरी सुन’ माघ १९ गते रिलिज हुने भनिए पनि सार्ने हल्ला छ । 

    सरसर्ती हेर्दा गत पुस झैँ यो माघमा पनि दुई फिल्म मात्र रिलिज हुने देखिएको छ, त्यो पनि अन्तिम शुक्रबार अर्थात माग २६ गते । त्यस अगाडिका सबै शुक्रबार नेपाली फिल्म रिलिजका हिसाबले खाली देखिने भएको छ । माघमा बलिउडको ठुलो फिल्म  ‘फाइटर’ रिलिज हुँदैछ । 

    यसको अलावा केही अंग्रेजी फिल्म पनि आउनेछन् । माघमा अन्तिम बाहेक अन्य शुक्रबार फिल्म रिलिज नदेखिनु बलिउड फिल्म ‘फाइटर’को प्रभाव रहेको वितरक रोहित कट्टेल बताउँछन् ।

    ‘बलिउडको ठुलो फिल्म ‘फाइटर’ रिलिज हुने समयमा फिल्मको व्यवसाय हुँदैन भन्ने जाँन्दाजाँन्दै कस्ले हाल्छ नेपाली फिल्म’ कट्टेलले थपे । वितरक करण श्रेष्ठको धारणा पनि कट्टेलको जस्तै छ । उनी पनि बलिउडका ठुला फिल्म आउने हल्लामा नेपाली फिल्म रिलिज नहुने गरेको बताउँछन् ।

    एकै मितिमा दयाहाङ २ फिल्म

    माघ महिनाको पहिलो शुक्रबार (५ गते), दोस्रो (१२गते) र तेस्रो (१९ गते) शुक्रबार रिलिजका लागि कुनैपनि नेपाली फिल्म छैन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा तीनसाता रिलिजका लागि नेपाली फिल्मको खडेरी देखिएको छ ।

    चौथो साता अर्थात २६ गते भने दुई फिल्म ‘हात्तीछापा’, ‘दयारानी’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फिल्म मल्टिस्टार फिल्म हुन् । रोचक कुरो के छ भने दुवै फिल्ममा दयाहाङ राईको मुख्य भुमिका रहेको छ । दुवै फिल्म मध्य जुनै फिल्मको व्यवसाय खराब बनेपछि दयाहाङलाई धक्का लाग्नेछ । दुवै फिल्ममा दयाहाङको अलावा विजय बराल पनि छन् । 

    दुई फिल्म मध्ये ‘हात्तीछापा’ सिमोस सुनुवारले निर्देशन गरेका हुन् । दयाहाङको अलावा सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ । 

    फिल्म रेड बर्ड प्रोडक्शनको निर्माण भएको हो । फिल्मका प्रस्तुतिकर्ता किरण नेपाली हुन् । अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

    फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ । फिल्मको प्रचार प्रसार समेत सुरु भएकोले नसर्ने निर्माता नेपाली बताउँछन् ।

    त्यस्तै ‘दयारानी’ अभिनेता माओत्से गुरुङले निर्देशन गरेको फिल्म हो । दयाहाङको अलावा फिल्ममा दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय फिल्ममा छ ।

    कलाकार माओत्सेको यो निर्देशनमा डेब्यु फिल्म हो । बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान् र दयालु श्रीमती बिचको कथा भन्छ । 

    गुरुङ समुदायमा दयालु युवतिलाई दयारानी भन्ने गरिन्छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend