Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रकाश सपुत र शान्तिश्रीले गाए ‘पूजार सार्की’को शीर्ष गीत


७, माघ २०८०
  • 227
    SHARES
  • प्रकाश सपुत र शान्तिश्रीले गाए ‘पूजार सार्की’को शीर्ष गीत

    काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’को शीर्ष गीतमा प्रकाश सपुत र शान्तिश्री परियारले स्वर दिएका छन् ।

    यी दुई गायकले शनिबार गीत रेकर्ड गरे । निर्देशक दिनेश राउतले प्रकाश र शान्तिश्रीसँगको तस्वीर सेयर गर्दै गीत रेकर्ड भएको जनाएका छन् । लोकशैलीमा तयार हुँदै गरेको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ ।

    फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य अभिनेत्री हुन् । बराइलीले यसअघि ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परीक्षाले ‘जारी’ र ‘छक्कापञ्जा ४’ मा अभिनय गरेकी छन् ।

    माघ मध्यबाट छायांकन सुरु हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार समेत रहेका सुवास भुसालले फिल्म निर्माण गर्दैछन् । दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।

    यसैबीच, पछिल्लो समय चलेका गीतहरू ‘तीनपाते’, ‘फूलथुंगे रानी’, लजाएर’, गाला पुक्क’, घुमीघुमी’, मिलेको जीउ छिनेको कम्मर’, बाफ’ लगायतका गायक सुजन चापागाईं फिल्म ‘बलिदान’को संगीतकारमा जोडिएका छन् ।

    चापागाईंसँगै उनको सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि यसमा आबद्ध छन् ।

    फिल्मको गीत तथा पार्श्वध्वनिमा यो टिमले नेतृत्व गर्ने भएको छ । साउदले गीत रचना गर्नेछन् भने चापागाईले संगीत र ब्याकग्राउण्ड म्युजिक तयारी गर्नेछन् । चौहानले टिम व्यवस्थापन गर्नेछन् ।

    पछिल्लो समय नेपाली फिल्ममा सांगीतिक टिमलाई नै संगीतको जिम्मेवारी दिन थालिएको छ । यसअघि सुजनले केही फिल्मका गीतमा आवाज दिइसकेका छन् ।

    आसुसेन प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा निर्माताको रूपमा पवन बिष्ट, कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend