Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

त्रिदेशीय कला र संस्कृति प्रस्तुत


८, माघ २०८०
  • 185
    SHARES
  • त्रिदेशीय कला र संस्कृति प्रस्तुत

    काठमाडौँ । नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् ।

    सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो । 

    त्यस अवसरमा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायका नागरिकको उपस्थिति रहेको आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

    सो संयुक्त सांस्कृतिक कार्यक्रममा इन्ट्रा डान्स स्कुल, हृयारिसवर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नेपाली कलाकार रोमा राई र उहाँको समूहद्वारा प्रस्तुत राई जातिको परम्परागत साकेला नृत्य सबैको आकर्षणको केन्द्र बनेको थियो ।

    कार्यक्रममा कम्बोडिन मूलका केभिन चिन र बेर्मेली मूलकी थाङ सोङले आ–आफ्ना देशका संस्कृतिका बारेमा जानकारी गराएउनुभएको थियो । कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानलगायतले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

    त्यसैगरी सो कार्यक्रममा नेपाली, बर्मेली, कम्बोडियन कलाकारले आफ्ना देशका संस्कृति र कला झल्किने गरी नृत्य प्रस्तुत गरेका थिए । अमेरिकास्थित सामाजिक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाकाद्वारा आयोजित सो कार्यक्रममा सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले संसारभरका नेपालीबीच सांस्कृतिक एकता गर्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

    त्यस अवसरमा कम्बोडियन आइडलसमेत रहेकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान गौतमबुद्धको जन्मभूमि पुग्ने रहर भएको बताउनुभएको थियो । 

    आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर पितृभूमि नेपालमा शरणार्थी जीवन बिताएको पीडादायी क्षणमा पनि आफूहरुले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाएको भन्दै फाउण्डेसनका निर्देशक ओमराज गुरुङले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

    फिलाडेल्फिया नगर परिषद्की सदस्य डा. निना अहमदले एसियाका विविध संस्कृतिलाई अमेरिकामा ल्याइ संयुक्तरुपमा प्रस्तुत गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता, नगरपालिकाका प्रतिनिधि, अमेरिकी सङ्घीय सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यको सहभागी भएका सो विज्ञप्तिमा जनाइएको छ ।  

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend