Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

११ वर्षपछि ‘मोदीबेनी’बाट फिल्ममा फर्किंदै रेजिना उप्रेती


१२, माघ २०८०
  • 163
    SHARES
  • ११ वर्षपछि ‘मोदीबेनी’बाट फिल्ममा फर्किंदै रेजिना उप्रेती

    काठमाडौं । छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् ।

    ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रीत’ नामक वेब–सिरिजमा अभिनय गरेका छन् । ११ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले यो फिल्मबाट कमब्याक गर्दैछिन् । 

    उनको पछिल्लो फिल्म ‘वरदान’ सन् २०१३ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।

    रेजिनाले यो फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन् । अभिनेता सरोज खनाल पनि फिल्ममा देखिनेछन् ।

    उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । अन्य शीर्ष कलाकार अडिसनबाट छनोट भएका हुन् ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् । 

    ३५/४० वर्ष पहिले र हालको कथाको मिश्रण गरी बनाइने यो फिल्मको सेटिङ पर्वत जिल्लाको मोदीबेनी क्षेत्र हो । माघ १६ गतेदेखि फिल्मको छायांकन गर्ने तयारी छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend