Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘डिग्री माइलाको छायाङ्कन सकियो


१२, माघ २०८०
  • 131
    SHARES
  • फिल्म ‘डिग्री माइलाको छायाङ्कन सकियो

    काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायाङ्कन सकिएको छ ।फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

    गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु  गरेको थियो । पहिलो चरणको छायाङ्कन सकिएसँगै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भयो ।

    सार्वजनिक पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो ।पोस्टरमा उनलाई काठको बेन्चमा गम्भीर मुद्रामा केही सोचिरहेको र चस्मा लगाएर जुँगा पालेको देखाइएको थियो ।

    दोस्रो चरणको छायाङ्कन भने काठमाडौँबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

    फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend