Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

टेलर स्वीफ्टको डिपफेक फोटो तरङ्गित


१४, माघ २०८०
  • 212
    SHARES
  • टेलर स्वीफ्टको डिपफेक फोटो तरङ्गित

    वाशिङटन डीसी । अमेरिकी गायिका टेलर स्वीफ्टको डिपफेक फोटोले यति बेला अमेरिका तरङ्गित बनेको छ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएका स्वीफ्टको पोर्नोग्राफिक तस्बिरले गएको साता विश्वभर हङ्गामा मच्चायो । ती नक्कली तस्बिरहरू एक्स र टेलिग्राम समेतका सामाजिक सञ्जालमा पोस्ट भएका थिए ।

    अमेरिकी सांसदहरूले डिपफेक प्रयोग गरेर तस्बिर बनाउनुलाई अपराधिकीकरण गर्न नयाँ कानुन ल्याउन माग गरिरहेका छन् ।

    यति बेला अमेरिकामा डीपफेक प्रविधिले स्टारको छविलाई कसरी नष्ट गर्छ र यसबाट सृजित चुनौतीको सम्बोधन कसरी गर्ने भन्ने बहस छेडिएको छ ।

    एउटा विज्ञप्तिमा एक्सले स्वीफ्टका अश्लील तस्बिरहरू धमाधम हटाइरहेको र यस्ता तस्बिर फैलाउने एकाउन्ट विरुद्ध उपर्युक्त कारबाही गरिरहेको बताएको थियो ।

    स्वीफ्टको एउटा फोटो हटाउनु अघि ४ करोड ७० लाख पटक हेरिएको थियो । एक्सले टेलर स्वीफ्टसमेत केही नाम सर्चमा गएर खोज्न नमिल्ने बनाएको छ ।

    डेली मेलका अनुसार टेलरको तस्बिर डीपफेक पोर्न साइट  ‘सेलेब जिहाद’ नामक वेबसाइटले बनाएको थियो । यसले ए–लिस्टर सेलिब्रेटीका झुटा फोटो शेयर गर्ने गरेको छ ।

    यो तस्बिरलाई सो वेबसाइटले जनवरी २५ मा ‘टेलर स्वीफ्ट चीफ्स सेक्स स्क्यान्डल कच्ड अन क्यामेरा’ हेडलाइनसहित शेयर गरेको थियो । टेलरका यस्ता फोटोहरू देखेर उनका फ्यान क्रुद्ध भएका छन् ।

    पछिल्लो पटक विश्वभर डीपफेकको प्रयोग ह्वात्तै बढेको छ । गएको वर्ष भएको एउटा अध्ययनमा डीपफेकको प्रयोग सन् २०१९ यता ५५० प्रतिशतले बढेको देखाएको थियो ।

    अमेरिकामा डीपफेक तस्बिर बटाउने वा शेयर गर्ने कार्य रोक्न कुनै सङ्घीय कानुन छैन । बेलायतले भने सन् २०२३ मा अनलाइन सुरक्षा ऐन अन्तर्गत यस्तो कार्यलाई गैर कानुनी बनाइसकेको छ ।

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend