Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘अभिनेत्री उपासना भन्छिन’ हात्तीछापमा सबै नेपालीहरुको भोगाई समेटिएको छ,


२०, माघ २०८०
  • 199
    SHARES
  • ‘अभिनेत्री उपासना भन्छिन’ हात्तीछापमा सबै नेपालीहरुको भोगाई समेटिएको छ,

    काठमाडौं । अमेरिकाबाट फर्किएलगत्तै अभिनेता दयाहाङ राईलाई भ्याइनभ्याइ छ । माघ २६ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा उनी ब्यस्त छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनी फिल्मलाई लिएर उत्साहित सुनिए । पत्रकारसँग कुराकानी गर्दै उनले कथावस्तु मनपरेकाले आफू फिल्मसँग जोडिएको बताए ।

    किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा राईले भने’ ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु राम्रो छ । दोस्रो कुरा, निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

    यो फिल्मबाट आफू सन्तुष्ट रहेको उनले बताए । ‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यसैले, म उत्साहित छु ।’

    अभिनेत्री उपासनासिंह ठकुरीले पनि फिल्मको कथावस्तु बलियो रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाको जवाफ थियो । फिल्मभित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ जसले प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

    ट्रेलरमा भुकम्पको दृश्य पनि समावेश छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने’ ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

    उपासनाले अघि भनिन्’ यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नुहुदैन ।सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

    किरण नेपालीको प्रस्तुतिमा सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend