Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आज देशभरका फिल्म हल बन्द हुने


२२, माघ २०८०
  • 327
    SHARES
  • आज देशभरका फिल्म हल बन्द हुने

    काठमाडौं । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

    मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

    चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आज देशभरका चलचित्र भवन बन्द गर्न लागेको हो ।

    संघले भनेको छ- 'विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ। हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ', संघले भनेको छ, 'मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा यस्तो निर्णय लिन बाध्य भएका हौँ ।'

    देशभर एक सय ५० चलचित्र भवन मात्र सञ्चालनमा रहेको बताउँदै यो सङ्ख्या अझै घट्दो रहेको संघले जानकारी दिएको छ । थपिएको करले व्यवसाय सञ्चालन गर्न गाह्रो भएको चलचित्र व्यवसायीको गुनासो छ।

    अहिले नेपाली चलचित्र प्रदर्शन भएबापत स्थानीय मनोरञ्जन कर बापत पाँच प्रतिशत, मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत गरी १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । विदेशी चलचित्र प्रदर्शन भएबापत यसमा १५ प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend