Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भ्यालेन्टाइन्स छेकोमा ‘महाजात्रा’ले ल्यायो दुई जोडीको पोस्टर


२५, माघ २०८०
  • 223
    SHARES
  • भ्यालेन्टाइन्स छेकोमा ‘महाजात्रा’ले ल्यायो दुई जोडीको पोस्टर

    काठमाडौं । भ्यालेन्टाइन्स डेको सप्ताह सुरु भइसकेको छ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा प्रेमजोडीले यो दिवस मनाउँछन् । यसै सन्दर्भमा फिल्म ‘महाजात्रा’ले दुई जोडीको पोस्टर सार्वजनिक भएको छ ।

    पोस्टरमा विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङ चित्रित छन् । फिल्म सोसल ड्रामा भए पनि फणिन्द्र (विपिन) र सम्पदा (वर्षा)को प्रेमलाई दर्शकले ‘जात्रा’ श्रृंखलामा रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन् ।

    हामीले देखाउने प्रेम अरूभन्दा फरक हुने गरेको छ । किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ । यद्यपि जात्रैजात्रामा फणिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनुभएको थियो,’ निर्देशक प्रदीप भट्टराईले भने, ‘हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देशप्रतिको पनि छ । यसपटक जात्राभन्दा माथि उठेर महाजात्रा गरेका छौं ।’

    निर्देशक भट्टराईले ‘जात्रा’का अघिल्ला श्रृंखलाकै भावमा कथा बुनेको बताए । फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

    म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार चैत ९ गते यो फिल्म नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

    फिल्ममा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा मेकअप आर्टिस्ट, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend