Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’


२६, माघ २०८०
  • 239
    SHARES
  • चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

    काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् । 

    दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो । 

    “दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भन्नुभयो । 

    सिमोस सुुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भन्नुभयो । 

    आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गर्नुभएको छ ।

    निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

    “यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ । चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भन्नुभयो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend