काठमाडौंँ । सर्जक एवम् मोडल बादल घिमिरेले नयाँ गीत ‘ कसम तोड्ने भा’ सार्वजनिक भएको छ । गीतमा रेखा खरेलको शब्द, बादलकै संगीत छ ।
गायक रामजी खाँण र मेलिना राईको स्वर रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ ।
पारिवारिक कथावस्तुमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, बिशाल घिमिरेको निर्देशन, पदम सुवेदी र मिलन विश्वकर्माको सम्पादन छ ।