तुलसीपुर । स्थानीय वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान मुल नाराका साथ तुलसीपुर महोत्सव सम्पन्न भएको छ ।
विगत १४ वर्षदेखि कलकारिता क्षेत्रमा आबद्ध रितु कँडेलले संगीत क्षेत्र र कर्मशियल विषयमा मास्टर डिग्री गरेकी छन । सालिन स्वभाव र मिठो स्वरकी धनी गायिका कँडेलले दर्जनौं गीतहरु बजारमा ल्याएकी छिन । उनले लोक,आधुनिक र पप गीत मार्फत आफ्नो प्रतिभालाई प्रस्फुटन गदैँ हजारौं दर्शकको मन जित्न सफल भएकी छिन ।
जब उनी तुलसीपुर महोत्सवको स्टेजमा प्रवेश गरिन हजारौँ दर्शकबाट स्वर र तालीको आवाज गुन्जिएको थियो ।यसले कडेललाई थप हौसला प्रदान गर्यो ।
साथमा तुलसीपुर डान्स आइडल, लोक दोहोरी प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै आकर्षक सेलही जोन बाल उद्यान तशा रोटे पिङ आदिको आयोजना गरिएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शान्ति सिनेमा हलको पूर्वतर्फ खुल्ला मैदानमा गत माघ २४ देखि सुरु भएको तुलसीपुर महोत्सव फागुन ८ गते सम्पन्न भएको छ ।

