Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘सिटामोल’ मा सौगात र बेनिशा दम्पतीको भूमिकामा


१३, फागुन २०८०
  • 198
    SHARES
  • फिल्म ‘सिटामोल’ मा सौगात र बेनिशा दम्पतीको भूमिकामा

    काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन टुंगिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा गरिएको जनाइएको छ ।

    आगामी तीजमा फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ । इण्ड-कल्यापसँगै निर्माताले प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर सार्वजनिक गरेका छन् । यी दुई कलाकार फिल्ममा दम्पतीको भूमिकामा प्रस्तुत छन् । माओवादी सशस्त्र द्वन्द्वकालको प्रेम सम्बन्धमा फिल्म आधारित हुने जनाइएको छ ।

    तुलसीदेवी फिल्म प्रालिको ब्यानरको निर्माण भएको फिल्ममा सौगातले द्वन्द्वका घाइतेको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

    बाबुल गिरीको संगीत रहेको फिल्मको छायाकार दिव्यदेव हुन् । फिल्मको निर्मातामा भूगोलकुमार कार्की, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार विक र कुमार केसी कार्यकारी निर्माता हुन् ।

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend