काठमाडौंँ । सर्जक तथा गायक कस्तुप पन्तको नयाँ आधुनिक गीत ‘कहाँ गयौ निरमाया’ सार्वजनिक गरिएको छ ।
गजल गीतका लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर रहेको गीतमा शब्द तथा संगीत सर्जन पन्तकै रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समय चर्चा कमाउन सफल मोडल कुशुम शर्मालाई देख्न सकिन्छ । कुशुमलाई भिडियो अभिनयमा बिमल अधिकारी, बादल घिमिरेले साथ दिएका छन् ।
कुमार केसीको निर्देशन रहेको भिडियो जर्सक पन्तको आफ्ने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।