काठमाडौँ । एक्सन सुपरस्टार विराज भट्टले बनाउन लागेको फिल्म १२ गाउँको खलनायकमा कनिज कोइराला अनुबन्धित भएका छ । कनिज इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन् ।
कनिजले प्रभासको साहोका अलवा केही फिल्ममा काम गरेका छन् । यसको अलवा उनले अभिनेता विराजसँग भोजपुरी फिल्म वधुमा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् ।
यसै साता फिल्मको नायिकामा मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालाई अनुबन्धित भएकी थिइन् । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा विराज भट्टले मुख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन्।
भोजपुरी फिल्ममा बेग्लै स्थान बनाइसकेका विराजले यही फिल्ममा र छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । केही समय अगाडि विराजले छोराको तस्बिर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई फिल्म खेलाउन लालायित भएको बताइन्छ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिने छन् । फिल्म विराज आफैँले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने बताएको फिल्म विराजको होम प्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।