Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘रङ्गेली’ मा प्रहरी अफिसरको भुमिकामा प्रवीण


२३, फागुन २०८०
  • 161
    SHARES
  • फिल्म ‘रङ्गेली’ मा प्रहरी अफिसरको भुमिकामा प्रवीण

    काठमाडौँ । ‘चौथो काल, मानबहादुर ढकाल’ फिल्म ‘रङ्गेली’ मा अभिनेता प्रवीण खतिवडाले बोलेको संवाद हो यो ।

    आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म खतिवडा प्रहरी अफिसरको भूमिकामा छन् । फिल्ममा आफूले अनुशासनहीन ‘प्रहरी अफिसर’को चरित्र निर्वाह गरेको उनले बताए । 

    ‘घुस खानेदेखि लिएर सबै गर्ने प्रहरी अफिसरको भूमिकामा मेरो फिल्ममा छु’, उनले भने ‘रङ्गेलीमा तडक भडक भइरहेको बेलामा त्यो तडक भडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा फिल्ममा देखिन्छु ।’

    ‘मैले त्यो माहौललाई आफ्नो हातमा लिनलाई अथवा त्यो माहौल सुल्झाउनलाई मैले गर्ने चलखेल पनि फिल्ममा छ । कसलाई घुमाउने, कसलाई ठोक्ने, कसलाई जोगाउने भन्ने निर्णय लिने मेरो चरित्र छ’, प्रवीणले थपे ।

    प्रवीणले सञ्चारमाध्यममा बेला बेलामा आर्थिक क्रियाकलापमा मुछिएका प्रहरीका समाचार पढेका थिए । ती समाचारले आफूलाई त्यस्तो प्रहरी भूमिका निर्वाह गर्न सजिलो भएको बताउँछन् ।

    ‘कानुनको रक्षा त्यसरी नै गरिनुपर्छ, इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ भन्ने वकालत नै गर्छु’, उनी थप्छन् ।

    उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् ।

    यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्ने उनको बुझाई छ ।

    ‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका फिल्ममा छ ।

    फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend