Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रकाश सपुतले नचाए प्रचण्डलाई


५, चैत २०८०
  • 225
    SHARES
  • प्रकाश सपुतले नचाए प्रचण्डलाई

    पोखरा - पोखरालाई आइतबार पर्यटकीय राजधानी घोषणा गरियो। घोषणा गर्दै गर्दा गायक विवेक श्रेष्ठ, प्रमोद खरेल, प्रकाश सपुतलगायत गायक गायिकाले समारोहलाई संगीतमय बनाइदिए।

    सोहीक्रममा अन्य गायकले एक–एक गीत गाउँदा प्रकाश सपुतलाई भने दुई गीत गाउन प्रस्ताव राखियो। ‘यो मेरो पहिलो प्रस्तुति हो, जहाँ मैले प्रधानमन्त्री प्रचण्डको अघि गाउँदैछु।

    हिजो युवाहरूको आवाज बोल्ने उहाँ आज नेतृत्वमा हुनुहुन्छ र सबैको आवाज सुनिदिनूस् भन्न चाहन्छु,’ उनले गीत गाउने क्रममा थपे,‘आज खुसीको दिन हो।

    हामी आजबाट पर्यटकीय राजधानीबासी भएका छौँ। हामी पनि आमनागरिक हौँ। त्यसैले सबै नागरिकको चाहाना पनि प्रधानमन्त्री नाचून् भन्ने पक्कै छ। यदि प्रोटोकलले मिल्छ भने आउनूस् आज नाचौँ।’

    उनको आग्रहमा प्रचण्ड मख्ख पर्दै हाँस्छन् र नाच्न अघि बढ्छन्। अनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, मेयर धनराज आचार्यलगायतले प्रचण्डलाई साथ दिन्छन् ।

    प्रकाश गाउँछन् गलबन्दी च्यातियो तिमले तानेर बोलाउन खोजेको आफ्नै ठानेर। प्रकाशले गीत गाउन शुरू गरेपछि प्रचण्ड मस्तले नाचे।

    गायक सपुतले पोखरामात्र नभई गण्डकी प्रदेश कला र संस्कृतिमा निकै धनी रहेको चर्चा छ भनी गरे।आइतबारदेखि नै पोखरामा मनोरञ्जनका सबै क्षेत्र २४ घण्टा खुल्ला भएको छ।

    पोखराको फेवाताल क्षेत्र, पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा अब दोहोरी साँझ, डान्सबार, डिस्को, लाइभ म्युजिकलगायत २४ घण्टाका लागि खुला गरिएको छ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend