Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट छनोट गरिने


१५, चैत २०८०
  • 148
    SHARES
  • ‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट छनोट गरिने

    काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौँको ज्ञानेश्वर स्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।

    आयोजक सनुर्वीका अनुसार देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरूले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने छन् । अडिसनका सनुर्वीका सञ्चालक डा.सन्तोष उपाध्याय, पूर्व मिस अर्थ प्रियासिग्देल, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, मिस सुप्रानेशनल २०२२ केशु खड्का र पास रेलोट्रेनर स्मिथ तामाङ निर्णायक थिए ।

    प्रतियोगीहरुलाई तीन हप्ताको तालिम र पोर्टफोलियो सुट समेत गराइनेछ । यसका साथै विजेताहरूले २ लाख ५० हजार बराबरको गिफ्ट ह्याम्परसमेत पाउनेछन् ।

    २०२३को डिसेम्बरदेखि आवेदन खुल्ला गरिएको प्रतियोगिताका लागि मार्च २०२४को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ । प्रतियोगीहरूले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीमवेयर राउन्डजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । ‘मिस नेसनल २०२४ को फिनाले अप्रिलको अन्त्यमा हुनेछ ।

    प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिनेछ । त्यसैगरी पृथ्वी दिवसको अवसर पारेर वृक्षारोपण गर्ने आयोजकको योजना छ ।

    त्यस्तै मे महिनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रा नेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रने छन् ।

    यस्तै थाइल्याण्डमा ‘मिस्टर नेसनल’, अल्बानियामा ‘मिस ग्लोब’ र इजिप्टमा हुने ‘मिस इन्टरकन्टिनेन्टल’मा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको कोरियो ग्राफी दिक्पाल कार्कीले गर्नेछन् भने पास रेलोट्रेनरका रूपमा स्मिथ तामाङ र अन्तर्राष्ट्रिय कोच रिचर्ड आइएसए रहने छन् ।

    सनुर्वी इन्टरनेसनल नेपालको स्वामित्वमा पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज ‘मिस सुप्रानेशनल’, ‘मिस ग्लोब’, ‘मिस्टर इन्टरनेशनल’, ‘मिस इन्टरकन्टिनेन्टल’ र ‘मिस्टर सुप्रानेशनल’ रहेका छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend