Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला


२३, चैत २०८०
  • 111
    SHARES
  • म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला

    एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् ।

    आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ ।

    जुन्टा सरकारले ड्रोनलाई रोकेको र धावनमार्गमा विस्फोट भएको एउटासहित सात वटालाई खसालेको दाबी गरेको छ । घटनामा कुनै हताहत भएको छैन । एन.यू.जी. ले यसअघि आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारको प्रतिनिधित्व गर्छ ।

    सन् २०२१ मा सैनिक कु भएपछि सुकी आफ्नै निवासमा नजरबन्दमा छन् भने अधिकांश नेताहरु निर्वासित छन् । संयुक्त राष्ट्रसंघका अनुसार म्यनमारमा पछिल्लो तीन वर्षको गृहयुद्धले हजारौंको ज्यान लिएको छ भने करिब २६ लाख मानिस विस्थापित भएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend