Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्दीपको मुद्दामा पहिलो दिनको सुनवाइ सकियो, अदालतले दियो यस्तो आदेश


२३, चैत २०८०
  • 232
    SHARES
  • सन्दीपको मुद्दामा पहिलो दिनको सुनवाइ सकियो, अदालतले दियो यस्तो आदेश

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् ।

    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।

    पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरूलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

    यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरु सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् ।

  • दसैँपछि ढिलो कार्यालय पुगेको भन्दै मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा, कार्यकक्षमा तालाबन्दी

    विराटनगर । दसैँ बिदापछि कार्यालयमा ढिलो उपस्थित भएको विषयलाई लिएर सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश

  • खगेन्द्र सुनारमाथि तत्काल छानबिन र निलम्बनको माग, विवादले सरकार र पार्टीको छविमाथि गम्भीर प्रश्न

    काठमाडौँ । सांसद खगेन्द्र सुनारसँग जोडिएका विवाद र सार्वजनिक आलोचनाले सरकार तथा सम्बन्धित राजनीतिक दलको

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend