Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नाटकलाई बनाइयो चलचित्र


२५, चैत २०८०
  • 230
    SHARES
  • नाटकलाई बनाइयो चलचित्र

    काठमाडौँ । केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पुर्‍याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन ।

    विसं २०७९ साउन १३ मा ‘पानीफोटो’ प्रदर्शन गरियो । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता बन्नुभएका खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्नुभयो । 

    नाटकका समेत निर्देशक रहनुभएका अभिनेता लामिछानेले माओवादी द्वन्द्वको समयको एक परिवारको भोगाइलाई धेरै दर्शकसम्म पुर्‍याउन चलचित्र बनाएको बताउनुभएको थियो । उहाँले त्यसलाई पुस्तकको स्वरूप पनि दिनुभयो । 

    “यो कथा धेरै कहाँ पुग्नुपर्छ भन्ने लाग्थ्यो, यो द्वन्द्वकालमा बेपत्ता भएको छोरा पर्खिरहेका वृद्ध दम्पतिको पर्खाइको कथा हो, मलाई यो चलचित्र बनाउनु थियो, व्यावसायिक पाटोलाई मैले यसमा सोचिन”, अभिनेता लामिछानेले भन्नुभयो । त्यस यता उहाँले चलचित्र निर्देशन गर्नुभएको छैन । 

    अबको एक महिनाभित्र दुई चर्चित नाटक ‘डिग्री माइला’ र ‘बोक्सीको घर’ चलचित्र बनेर आउँदैछन् । ‘डिग्री माइला’ लाई नाटक हुँदा अभिनेता दयाहाङ राईले निर्देशन गर्नुभएको थियो ।

    चलचित्रमा भने रामबाबु गुरुङलाई निर्देशनको कार्यभार सुम्पेर अभिनेता राईले अभिनय गर्नुभएको छ । नाटकको परिकल्पना गर्दा र नाम नै जुराउँदा निर्देशक गुरुङ सहकार्यमा रहेकाले निर्देशकको लागि उपयुक्त रहेको अभिनेता राईले बताउनुभयो । 

    “हामीले नाटकलाई नै चलचित्रमा ल्याएका छैनौं, डिग्री माइला भन्ने पात्रलाई ठूलो पर्दामा ल्याएका हौँ, मध्यम फरक भएकाले प्रस्तुतीकरणसँगै पटकथामा भिन्नता छ, यो पात्रको मध्यमले देशमा देखिरहेको बेरोजगारीलाई भन्नुपर्छ भन्ने लगेर नायक बनाउँदा नै चलचित्रको सोच आएको थियो, उक्त समयमा हामीले चलचित्र आटन सकेनौँ, अहिले अवस्था प्रतिकूल भएकाले ठुलो पर्दामा आउँदै छ”, अभिनेता राईले भन्नुभयो । 

    चैत २० गते प्रदर्शन गरिने चलचित्रमा पात्रलाई समयानुकूल तयार गरेको उहाँले बताउनुभयो । उहाँले मण्डला नाटकघरमार्फत यो नाटकलाई विभिन्न ठाउँमा मञ्चन गर्नुभएको छ । यस्तै नाटकमै आधारित रहेर तयार गरिएको अर्को चलचित्र हो ‘बोक्सीको घर’ । यो चलचित्रलाई अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको हो भने मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ । उहाँले नाटक हेरेपछि यसलाई चलचित्र बनाउने निर्णय गर्नुभएको थियो । 

    “मैले यो नाटकमा महिला सशक्तीकरणको विषयलाई पाएँ, हामीले देखेको तर महसुस गर्न नसकेको पक्षलाई नाटकमा रमाइलोसँग प्रस्तुत गरिएको थियो, मैले छ महिना कार्यशाला गरेर उक्त भूमिकामा आफूलाई तयार गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भन्नुभयो । आउँदो वर्ष विसं २०८१ वैशाख १४ गते प्रदर्शन गरिने चलचित्रका लागि उहाँले चार वर्ष खर्चिनुभएको छ । 

    “महिला पात्रलाई धेरै चलचित्रमा अभिनेताको जोडीका रुपमा मात्र चित्रण गर्ने गरिन्छ, त्यसकारण पनि मलाई यो कथालाई चलचित्रको माध्यमले भन्नु पर्छ भन्ने लागेको हो, यसलाई कलात्मकसँगै व्यावसायिक सफलता दिलाउनुपर्ने चुनौती मलाई छ”, अभिनेत्री अधिकारीले भन्नुभयो । 

    नाटक र चलचित्र हेर्ने दर्शक फरक भएकै कारण ठूलो पर्दामा आएका नाटकले सफलता पाउन सकेका छैनन् । यद्यपि यी दुई चलचित्र प्रति आशावादी हुने धेरै ठाउँछन् । यी दुवै चलचित्रमा कलात्मकसँगै व्यावसायिक पाटोलाई बलियोसँग व्यक्त गरिएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend