Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेखापरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२८, चैत २०८०
  • 202
    SHARES
  • लेखापरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमविरुद्ध मुद्दा दायर गरिएको हो ।

    साविक कास्कीकोट गा.वि.स वडा नं १ स्थित सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शङ्काको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरीशीर्षक मिलान गरेको अख्तियारको दाबी छ ।

    आर्थिक वर्ष २०६८ साल श्रावणदेखि ०६९ आषाढ र आर्थिक वर्ष २०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा आयतर्फका शीर्षकहरूमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आय शीर्षकमा नदेखाई नभए/नगरेको आम्दानीलाई लेखापरीक्षण प्रतिवेदनमा भए/गरेको देखाई नभए/नगरेको कामलाई खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई समावेश नगरी लेखापरीक्षण प्रतिवेदनमा प्रविष्ट गरी, लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी, नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने वद्‌नियतले विद्यालयको रु. तीन लाख, ७७ हजार, २३६ हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

  • दसैँपछि ढिलो कार्यालय पुगेको भन्दै मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा, कार्यकक्षमा तालाबन्दी

    विराटनगर । दसैँ बिदापछि कार्यालयमा ढिलो उपस्थित भएको विषयलाई लिएर सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश

  • खगेन्द्र सुनारमाथि तत्काल छानबिन र निलम्बनको माग, विवादले सरकार र पार्टीको छविमाथि गम्भीर प्रश्न

    काठमाडौँ । सांसद खगेन्द्र सुनारसँग जोडिएका विवाद र सार्वजनिक आलोचनाले सरकार तथा सम्बन्धित राजनीतिक दलको

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend