Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आजबाट ‘डिग्री माइला’ भर्सेज ‘द रेड सुटकेस’ प्रदर्शनमा


३०, चैत २०८०
  • 280
    SHARES
  • आजबाट ‘डिग्री माइला’ भर्सेज ‘द रेड सुटकेस’ प्रदर्शनमा

    काठमाडौँ । २०८० को अन्तिम दिन आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनमा आएका छन ।

    फ्राईडे रिलिज अन्तर्गत यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । नयाँ वर्ष २०८१ को स्वागतसहित प्रदर्शनमा ल्याइएका यी फिल्मका कथावस्तु भने फरक छन ।

    डिग्री माइला’ :

    रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन । अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि ‘डिग्री माइला’ नाटकसमेत मञ्चन भएको थियो । फिल्म सोही नाटकमा आधारित रहेको छ । फिल्मको बिहीबार साँझ प्रिमियर भएको थियो । जसमा फिल्म मन परेको धेरैले प्रतिक्रिया दिएका थिए ।

    फिल्ममा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइन बनाएको फिल्म बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुष्मा फिल्मससँग मिलेर निर्माण गरेको हो ।

    फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । 

    ‘द रेड सुटकेस’ :

    फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ विश्व चर्चित फिल्म हो । डेढ दर्जन बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएर पुरस्कार समेत जित्न सफल फिल्मको बुधबार मंगलबार प्रिमिएर भएको थियो । जसमा फिल्म हेर्ने अधिकांशले एउटा अनौठो र दुर्लभ शैलीको फिल्मको रुपमा ‘द रेट सुटकेस’ लाई प्रिमियरमा चर्चा गरेका थिए ।

    फिल्म नेपालका क्युएफएक्स चेनका सिनेमा घरबाहेक बाँकी सबै हलमा प्रदर्शनमा आएको छ । फिल्म काठमाडौँका बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोङ्गबु, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाईला, सिटीम्याक्स सिनेमा, वान सिनेमा कालिमाटी, इन्फिनिटी मूभिज गोङ्गबु, आईएनआई सिनेमा नयाँ बानेश्वर, सि डिसी सिनेमाज सुन्धारा, कमलविनायक सिनेमाज भक्तपुरमा प्रदर्शन भएको बताइन्छ । 

    फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका छ । फिल्मको सम्पादन श्रीलङ्कामा समन अलभितिगाले गरेका हुन् भने छायाकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलङ्काका विमुक्ति जयसुन्दरा रहेका छन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend