Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा बसन्तको बहार


६, वैशाख २०८१
  • 253
    SHARES
  • लुम्बिनीमा बसन्तको बहार

    रुपन्देही । यो मौसम हो बसन्त ऋतुको । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । यतिबेला शान्तिको मुहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी थरीथरीका फूल र हरियालीले सजिएको छ ।

    मायादेवि मन्दिर वरपर बेगमबेली र थरीथरीका फूलहरुले आर्कषक बनाएको छ । मायादेवी मन्दिरको दक्षिण पुष्करणी पोखरीको छेउमा रहेको पिपलमा नयाँ पालुवा पलाएको छ । पालुवा फेर्दै गरेका बोटविरुवा अनी बसन्तसँगै फर्किएका फूलहरुले पर्यटन लोभिएका छन ।

    बसन्त ऋतुलाई प्रकृतिको सबैभन्दा सुन्दर वहार मानिन्छ । त्यसमाथी शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी समेत यतिखेर हरियाली र ढकमक्क फुलले ढाकिएको छ । मायादेवी मन्दिरको दक्षिण पुष्करणी पोखरीको छेउमा रहेको पिपलमा नयाँ पालुवा पलाएको छ । पालुवा फेर्दै गरेका बोटविरुवा अनी बसन्तसँगै फर्किएका फूलहरुले पर्यटन लोभिएका छन ।

    बसन्त ऋतुमा लुम्बिनीमा फुलेका फूल अनी नयाँ पालुवाले लोभ्याएको मात्रै छैन । पर्यटकले तराईको तातो गर्मि समेत यिनै फुलहरुले बिसाएदिएको छ । लुम्बिनीमा बाह्रै महिनाजसो फूल फुलिरहेका हुन्छन् तर बसन्त ऋतुमा फूलेका फूल र लुम्बिनीको प्रकृतिले यतिखेर पर्यटक थप आर्कषित बनेका हुन ।

    मन्दिर परिसरमा थरिथरिका फूलले सुगन्ध छरेको छ । प्रकृतिसँगै पर्यटक लोभिएका छन् । यो सिजनमा लुम्बिनी पुग्ने पर्यटकले हरियाली र फूलहरुसँगै छुट्टै आनन्द प्राप्त गर्न सक्छन् । त्यसो त विकास कोषले पवित्र बगैचालाई हरियाली र सुन्दर बनाउने प्रयत्न गर्दै आइरहेको छ ।

    लुम्बिनी आफैमा सुन्दर बगैचा रहेको कुरा बौद्ध साहित्यमा उल्लेख गरिएको छ । फूल, हरियालीसँग बुद्धको जीवन समेत जोडिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

    शान्ति र अहिंसाका प्रतीक बुद्धजन्मस्थलमा यो सिजनमा आर्कषक देखिएको छ । अन्य बेलामा भन्दा यो बेला प्रकृतिसँगै लुम्बिनीको लुकामारी हेर्न सकिन्छ ।

    पवित्र बगैचा क्षेत्रमा मात्रै होईन विभिन्न देशका विहारहरुमा पनि बसन्त ऋतुले प्रकृती आर्कषक बनेका छन । लुम्बिनीमा नेपालसँगै धेरै मुलुकका आआफ्ना कला, शैली र कलाकृत झल्किने मन्दिरहरु छन् ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend