Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘बलिदान’मा दिव्य देव अनुबन्धित


१०, वैशाख २०८१
  • 217
    SHARES
  • ‘बलिदान’मा दिव्य देव अनुबन्धित

    काठमाडौँ । आसुसेन फिल्मसको निर्माणमा बन्न लागेको फिल्म हो ‘बलिदान’ । बलिदानको मुख्य भूमिकाको लागि दिव्य देव अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि दिव्य देव भित्रिएको निर्देशक सन्तोष सेनले बताए ।

    नाटकबाट फिल्ममा भित्रिएका दिव्य देवले केही अगाडि प्रदर्शित फिल्म ‘चिसो एस्ट्रे’मा अभिनेताका रुपमा अभिनय गरेका थिए । ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’ र अहिले प्रदर्शनरत फिल्म ‘महाजात्रा’मा समेत अभिनय गरेका उनलाई ‘मेयर’मा पनि देख्न सकिन्छ ।

    अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । ‘बलिदान’को मुख्य भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट डेब्यु गर्दै छन् । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतको पनि अभिनय रहनेछ ।

    ‘बलिदान’ सुटिङका लागि अहिले पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुनेछ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा फिल्म बन्न लागेको हो ।

    आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहनेछन् । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend