Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’


२१, वैशाख २०८१
  • 238
    SHARES
  • पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्न बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गरिने भएको छ ।

    शनिबार चन्द्रगिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी) ले सो पदयात्राको संयोजन गरेको हो । दुई हजार दुई सय जना सहभागी हुने सो पदयात्रामा २२ किमी पदयात्रा हुने जनाइएको छ ।

    चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न बृहत् ‘सम्पदा पदयात्रा’ गर्न लागिएको र यसको तयारी पूरा भएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

    पदयात्राले ऐतिहासिक एवं सांस्कृतिक चन्द्रागिरिको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइएको छ । उनले नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्था के कस्तो छ, यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पदयात्रा राखिएको बताए ।

    “आफ्नो टोल, समाजमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा योगदान पुर्‍याउनु नगरवासीको कर्तव्य हो । यी सम्पदाको संरक्षण प्रवर्द्धन गर्दै जीवन्त राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न युवाको भूमिका अहम् हुन्छ । यसका लागि पदयात्रा गर्न लागेको हौँ”, अध्यक्ष गोपालीले भने ।

    चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुने छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend