Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय सत्तारुढ दल बीजेपीले कश्मीरको चुनावमा प्रतिस्पर्धा नगर्ने


३०, वैशाख २०८१
  • 155
    SHARES
  • भारतीय सत्तारुढ दल बीजेपीले कश्मीरको चुनावमा प्रतिस्पर्धा नगर्ने

    काठमाडौं । भारतीय सत्तारूढ दल जनता पार्टी (बीजेपी) ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ ।

    भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा नगर्ने भएको हो ।

    कश्मीरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा नगर्ने विजेपीको निर्णयलाई राजनीतिक विश्लेषक तथा विपक्षी नेताले सरकारको विगतको कदमका कारण कश्मीरका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका बीबीसी हिन्दीले जनाएको छ ।

    सन् १९९६ पछि बीजेपी कश्मीरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मीर र भारतीय संघ सरकारबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ ।

    भारतीय शासनकाविरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरेको सेना परिचालनका कारण वितेको तीन दशकमा कश्मीरमा हजारौँको ज्यान गएको छ ।

    कश्मीरलाई स्वायत्तता प्रदान गरेको भारतीय संविधानको धारा ३७० का झन्डै सबै व्यवस्थालाई हटाएर सन् २०१९ मा बीजेपीका नरेन्द्र मोदीको सरकारले लद्दाख र जम्मू–कश्मीर गरी दुई संघीय सरकार–प्रशासित क्षेत्रका रुपमा शासन गर्न शुरु गरेपछि अवस्था झनै खराब भएको छ ।

    जम्मूमा ४३ र कश्मीरमा ४७ गरी जम्मा ९० निर्वाचन क्षेत्र छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend