काठमाण्डौं । गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको ‘पारु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रकाश रोकायाको शब्द तथा ललित हमालको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन ।
उमेश साउदको छायाँकन, उमेश साउद र एवी डिजाइनको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो ।
‘पारु’ गीतमा कोपिला सिंह ठकुरी, मोहन मुस्कान, रविन मुस्कान एस के, गंगा थापा मगरको फिचरिङ रहेको छ ।
‘पारु’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।