Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा महिला क्याम्पस स्थापना


१२, असार २०८१
  • 162
    SHARES
  • नेपालगञ्जमा महिला क्याम्पस स्थापना

    बाँके । महिलाहरुलाई उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ ।

    विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ ।

    करिब रु पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बिबिएच, चार वर्षे बिएड र बिएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

    पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो ।

    एक सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् । कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उहाँले जानकारी दिनुभयो ।

    मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

    नमुना बन्यो नेपालगञ्ज कन्या मावि

    नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै बेला एक सय विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथ्ये । भर्ना भएका विद्यार्थी पनि नियमितरूपमा विद्यालय आउँदैनथे ।

    घरदैलोमा पुगेर आग्रह गर्दा पनि विद्यार्थी नआएपछि हैरानी बोर्होनुपरेको शिक्षक बुधेशकुमार जयसवालले विगतलाई स्मरण गर्दै बताउनुभयो । “विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज (एउटै बनाएर) गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो ”, उहाँले भन्नुभयो ।

    शैक्षिक सत्र २०७४/७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने सुनाउँदै पूर्वप्रधानाध्यापक भइसकेका शिक्षक जायसवालले तत्कालीन समयमा ९० जनासम्म विद्यार्थी हुने गरेका बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयमा छ सय भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

    विद्यालयमा सुधार

    विद्यार्थी नपाउने समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गर्‍यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

    “नेपालगञ्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगञ्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्‍यौँ”, पूर्वउपप्रमुख उमा थापा मगरले भन्नुभयो, “कन्या मावि बनाएपछि विद्यार्थीको सङ्ख्या बढ्नुका साथै शैक्षिक सुधारसमेत भएको छ ।”

    विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गरेको भन्दै आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभएको उहाँको भनाइ छ ।

    सोही योजनाअनुसार उपमहानगरले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गरेको हो । विद्यार्थी नपाएर फुर्सदमा रहेका शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुँदै गएका मगरको बुझाइ छ । “विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावकले आफ्ना छोरीको भर्ना यही गर्न थाल्नुभयो, अहिले विद्यालय नेपालगञ्जको नमुनाका रुपमा चिनिएको छ”, उहाँले भन्नुभयो ।

    विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरिएको पूर्वउपप्रमुख थापाले जानकारी दिनुभयो । “साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण गर्‍यौँ”, उहाँले थापाले भन्नुभयो, “व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ ।”

    विसं २०२२ जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६/७७ देखि कन्या माविका रुपमा सञ्चालन गरिएको हो । कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा सबै बालिका मात्र अध्ययनरत छन् ।

    उक्त विद्यालयको विसं २०२५ फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । “पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन् ।

    उपमहानगरले कन्या माविका रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको सङ्ख्या बढेको छ”, विज्ञका रूपमा रहनुभएकी आचार्यले भन्नुभयो । उहाँका अनुसार यहाँ अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन् ।

    सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताउनुभयो । “फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्”, उहाँले भन्नुभयो ।

    उहाँले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेका बताउनुभयो । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावक बताउँछन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend