Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसइईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते


१४, असार २०८१
  • 201
    SHARES
  • एसइईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अन्तर्गत ग्रेड वृद्धि (मौका) परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने जनाएको छ ।

    नतिजा अनुसार दुई विषयमा ननग्रेडिङ हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको सङ्ख्या ६७ हजार ७९६ छ ।

    ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । उनीहरू साउन १८ र १९ गते हुने ग्रेड वृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने छन् ।

    ग्रेड वृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेड वृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।

    कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

    परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेडिङ प्राप्त गरेर कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।

    बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ ।

    नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोर्‍याएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।

    उनीहरूले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend