Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने


१५, असार २०८१
  • 157
    SHARES
  • एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

    काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा 'एनजी' ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

    यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । यसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए ।

    तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएको छ । केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था रहेकोमा यो व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ ।

    परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ । मन्त्रायलको यो निर्णयपछि परीक्षाको समय तालिकामासमेत संशोधन गर्ने तयारी छ ।

    ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी र आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाईसमेत निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend