बुटवल । भर्खरै मात्र प्रकाशित भएको एसइईको नतिजामा सामुदायिक र संस्थागत विद्यालयहरूको नतिजा हेर्दा बुटवल उपमहानगरपालिकामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयबाट एसइईको परीक्षामा सहभागी भएका २० जना विद्यार्थीहरूमध्ये २० जनाले नै राम्रो नतिजा ल्याएर पास भएका छन् ।
२०८० को एसइईको नतिजामा शतप्रतिशत विद्यार्थीहरू पास गराउन सफल भएको अन्नपूर्णमा दुईजना ए प्लस, पाँचजना बी प्लस र १३ जनाले ए ल्याएर पास भएको विद्यालयका प्रबन्धक निर्देशक मित्रहरी आचार्यले बताएका छन् ।
बुटवल उपमहानगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा राम्रो नआएको अवस्थामा अन्नपूर्णको नतिजाले भने आफ्नो साख जोगाएको छ ।
२०६४ सालदेखि मोडेल कलेज, नर्सरीदेखि मास्टर डिग्रीसम्म सञ्चालन हुँदै आएको गतबर्षको एमबिबिएसमा २५ जनाको नाम निकालेर लुम्बिनी प्रदेशमै पहिलो हुन सफल भएको विद्यालयले जनाएको छ । त्यसमध्ये ५ जनाले पुर्ण छात्रवृत्ति पाएका थिए ।
नगरभित्र रहेका निजि तथा सामुदायिक विद्यालयहरुमध्येबाट उत्कृष्ट नतिजा ल्याएको बताउँदै प्रबन्धक निर्देशक आचार्यले भने, हाम्रो विद्यालयमा १ हजार ४ सय ७२ जना छन् । होटल म्यानेजमेन्ट लगायत विषयमा अध्यापन गराउँदै आएका छौं ।
शिक्षामा धेरै बेथिति छ त्यो बेथितिलाई हटाउन शिक्षा ऐन र नगर शिक्षा ऐनले विशेष ध्यान दिनुपर्ने भन्दै बुटवलमा धेरै विद्यालयहरू नगर शिक्षा ऐन विपरीत सञ्चालन हुँदै आएको उनी बताउँछन ।